• १ असोज २०८३, बिहीबार
  • १ः१२ दिउँसो

कतारबाट ५ हजार ११२ जना नेपाली स्वदेश ल्याउने तयारी

प्रकाशित मिति

२०७७ जेष्ठ ३१ गते, शनिबार ०७:४५

 

National Life

काठमाडौं । कतारबाट ५ हजार १ सय १२ जना नेपालीहरू स्वदेश फर्किने तयारी भएका छन् ।

नेपाली राजदूतावास दोहाले सार्वजनिक गरेको विवरणअनुसार रोजगारी गुमाएका, जटिल स्वास्थ्य अवस्था भएका, आफन्तको मृत्यु भएपछि शोकमा परेका नेपाली, अध्ययन समाप्त भएका विद्यार्थीसहित ५ हजार ११२ जना नेपाली स्वदेश फर्किन लागेका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

उनीहरूलाई जुन १६, १७, २० र २२ तारिखमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका उडानहरुबाट स्वदेश फर्काइने दूतावासले जनाएको छ ।

४९० अमेरिकी डलर तोकिएको हवाई टिकटको मूल्य फर्कन चाहने आफैँले तिर्नु पर्ने व्यवस्था गरिएको छ ।

प्राथमिकतामा परेका यात्रुको नामावलीसहित उडान अनुमतिको प्रक्रिया पूरा भएपछि उनीहरुको नामावली प्रकाशित गरिने दूतावासले जनाएको छ ।

 

प्रतिकृया