• १ असोज २०८३, बिहीबार
  • ९ः३९ बिहान

सरकारी निर्णयप्रति सपिङ मल व्यवसायीहरुलको आपत्ति, व्यवसाय खुला गर्ने निर्णय

प्रकाशित मिति

२०७७ जेष्ठ ३१ गते, शनिबार ०५:४१

 

National Life

काठमाडौं । काठमाडौ उपत्यकामा रहेका सबै सपिङ मलहरु खुला गर्ने व्यवसायीहरुले निर्णय गरेका छन् । सरकारले लकडाउन खुकुलो बनाउदै सम्पूर्ण पसलहरु खुला राख्ने भने पनि सपिङ मलहरु भने तत्काल नखुलाउने बताएको थियो ।

व्यवसायीहरुले भने सरकारी निर्णय उचित नभएको भन्दै मलहरु खुला गराउने निर्णय गरेका छन् । शुक्रबार काठमाडौंमा बसेको विभिन्न १२ वटा सपिङ मलका व्यवसायीहरुको संगठनको बैठकले खुला गर्ने एकतर्फी निर्णय गरेको सिभिल मल व्यवसायी संघका अध्यक्ष रत्न घिमिरेले जानकारी दिएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

व्यवसायहरु सञ्चालनमा आएपछि माक्स, स्यानिटाइजर लगायत सुरक्षाका आवश्इक साधनहरु प्रयोग गरी उच्च सुरक्षा सतर्कता अपनाइ पसल खोल्ने अध्यक्ष घिमिरेले जनकारी दिए।

सिभिल मल व्यापार संघ, पिपुल्स प्लाजा व्यापार संघ, सिटी सेन्टर व्यापार संघ, ताम्राकार कम्प्लेक्स व्यापार संघ, संचयकोष भवन, आईप्लेक्स कम्प्लेक्स, आर बि कम्प्लेक्स व्यापार संघ, के।एल टावर व्यापार संघ, रञ्जना मल व्यापार संघ, लाबिम मल, बिजि मल र।बिशाल बजार व्यापार संघले संयुक्त रुपमा प्रेस वक्तव्य जारी गर्दै सरकारी निर्णय गलत भएको बताएका छन् ।

प्रतिकृया