• २५ भदौ २०८३, बिहीबार
  • ६ः२५ बेलुका

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना पुष्टि

प्रकाशित मिति

२०७७ जेष्ठ २४ गते, शनिबार ०८:५१

 

National Life

कास्की । गण्डकी प्रदेशमा आज थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थपिएका नयाँ संक्रमितहरु स्याङ्जाका१०, कास्कीका ३, पूर्वीनवलपरासीमा ३ जना र बागलुङमा १ जना रहेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय रामघाट पोखराका अनुसार स्याङ्जाको वालिङ नगरपालिकाका १६ देखि ५४ वर्षसम्मका ८ जना पुरुष र हरिनास नगरपालिकाका १८ र ४० वर्षका दुई जना पुरुष, कास्कीको रुपा गाउँपालिकाका २३ र ३२ वर्षका पुरुष तथा पोखरा महानगरपालिकाका ५९ वर्षका पुरुषमा कोरोना पुष्टि भएको हो ।

त्यस्तै, नवलपरासीको बर्दघाट सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिकामा १८, १९ र २७ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु सबै बिभिन्न समयमा भारतबाट आएकाहरु रहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया