• २६ भदौ २०८३, शुक्रबार
  • १२ः०१ राती

भारतमा एकै दिन थपिए ९ हजारभन्दा बढीकोरोना संक्रमित

प्रकाशित मिति

२०७७ जेष्ठ २४ गते, शनिबार ०७:४८

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण दिन प्रति दिन बढ्दो क्रममा देखिएको छ ।

National Life

कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार नाघेको भारतमा केही दिन यता दैनिक संक्रमण पुष्टि हुनेको संख्या ९ हजार कट्न थालेको छ ।पछिल्लो २४ घण्टामा त्यहाँ ९ हजार ४७१ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ३६ हजार १८४ पुगेको छ । एकै दिन अरू २८६ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ६ हजार ६४९ पुगेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि बिहिबार पनि भारतमा ९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको थियो ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये १ लाख १३ हजार २३३ जना संक्रमणमुक्त भएका छन् ।

कोराना भाइरसको संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्‍याइएको छ । तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ ।

प्रतिकृया