• २६ भदौ २०८३, शुक्रबार
  • ३ः१६ राती

युएइबाट १६८ नेपाली बोकेको विमान काठमाडौँमा अवतरण

प्रकाशित मिति

२०७७ जेष्ठ २३ गते, शुक्रबार ०७:१३

काठमाडौँ, युएइबाट भर्खरै १६८ जना नेपाली नागरिकले स्वदेशको फर्केका छन् । युएईको सारजहाँ एयरपोर्टबाट १६८ जना नेपाली नागरिक लिएर उडेको एयर अरेबियाको जहाजमार्फत १६८ नेपाली नेपाल फर्केका हुन् । त्रिभुवन विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले विमान ५ः३८ ल्याण्ड गरेको जानकारी दिनुभयो ।

National Life

यसअघि अन्तिम समयमा भाडाको विषयमा कुरा उठेपछि जहाजको उडान बिहान स्थगित भएको थियो । सो विमानमा एक शव पनि रहेको विमानस्थलका अधिकारीहरूले बताएका छन् ।

युएइबाट नेपाल भित्रने नेपाली नागरिकलाई विमानस्थलमै प्रदेश स्तरमा बाँडफाँड गरी नेपाली सेनाको टोलीले होल्डिङ सेन्टर पुर्याउने सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि म्यानमारबाट २६ जना नेपाली नागरिक आज नेपाल फर्केका थिए । तेस्रो मुलुकबाट नेपाली नागरिक स्वदेश फर्काउने अभियान अनुसार नेपाली स्वदेश फिरेका हुन् ।

प्रतिकृया