• ७ असोज २०८३, बुधबार
  • १२ः४४ राती

भोकका कारण आत्महत्या प्रयास

प्रकाशित मिति

२०७७ जेष्ठ २२ गते, बिहीबार ०९:०२

 

National Life

हेटौंडा । हेटौंडा–४ का एक मजदुरले यसै साता आत्महत्या गर्ने प्रयास गरेका थिए । छिमेकीले तत्काल थाहा पाएपछि उद्धार गरी उनलाई सान्त्वना मात्र दिएनन्, केही रकम जम्मा गरी दाल, चामलको जोहो गरिदिए ।

लकडाउनका कारण दैनिक ज्यालादारीको काम गर्न नपाएपछि ती अधबैंसे पुरुषले आत्महत्या प्रयास गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

‘मजदुरी गरेर जीविका चलाउँदै आएका उनले आफ्ना ससाना चार छोराछोरीलाई यो खाऊ भन्ने चीन केही दिन नसकेपछि आफू मर्ने निधो गरेका रहेछन्,’ स्थानीय मिलन श्रेष्ठ भन्छन् ।

लकडाउनका कारण काम बन्द भएपछि दैनिक ज्यालादारी गरी जीविका चलाउँदै आएका मजदुरको दैनिकी कष्टकर बन्दै गएको छ। संक्रमण फैलन नदिन सरकारले लकडाउन जारी राखेका बेला यस्ता विपन्न परिवारलाई सरकारले स्थानीय तहमार्फत राहत दिने निर्णय गरे पनि कतिपय ठाउँमा सेवा पुग्न नसक्दा उनीहरू मारमा छन्। राहतमा प्राप्त खाद्यान्न सकिँदा पनि लकडाउन नखुलेपछि कतिपय भोकभोकै मर्ने अवस्थामा पुगेका छन्।

मकवानपुरमा मात्र संगठित र असंगठित गरी करिब १५ हजार मजदुर रहेको मजदुर सम्बद्ध संगठनहरूको अनुमान रहेको छ । यो समाचार आजको अन्नपूर्ण पोष्ट् दैनिकमा प्रकाशित छ ।

प्रतिकृया