• ६ असोज २०८३, मंगलबार
  • ११ः५४ बिहान

कोरोना संक्रमण ६१ जिल्लामा फैलियो , कुन प्रदेशमा कति संक्रमित ?

प्रकाशित मिति

२०७७ जेष्ठ २० गते, मंगलवार ०९:४६

काठमाडौं । नेपालका ६१ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । पछिल्लो तथ्यांक अनुसार हालसम्म नेपालमा दुई हजार ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २६६ जना उपचार पछि निको भएर फर्किएका छन्।

National Life

पछिल्लो २४ घण्टामा यि जिल्मा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा धुलिखेल अस्पतालमा ३८ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमित सबै रौतहटका रहेका छन्। त्यस्तै, पोखराको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणका क्रममा स्याङ्जाका ५ र पर्वतका ५ जनामा संक्रमण पुष्टि भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैगरी, धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीका एक जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, भेरी अस्पतालमा गरिएको परीक्षणमा बर्दियाका ३ र बाँकेका १७ जनामा संक्रमण पुष्टि भएको छ।

सुर्खेतमा भएको परीक्षणमा ६४ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये सुर्खेतका १७ जना, दैलेखका ९ जना, सल्यानका १८ र अछामका १० जनामा संक्रमण पुष्टि भएको छ।

मकवानपुर प्रयोगशालामा गरिएको परीक्षणमा बाराका १ जनामा संक्रमण पुष्टि भएको छ। राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका १७ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, प्युठानका १ जनामा पनि संक्रमण पुष्टि भएको छ।

सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कञ्चनपुरका ८ र कैलालीका १० जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ११८ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये काठमाडौं मेडिकल कलेजका चार जना स्वास्थ्य कर्मीसमेत छन्।

टेकुमा भएको परीक्षणमा संक्रमण पुष्टि भएका मध्ये प्रदेश २ को धनुषाका ६, महोत्तरीका २, रौतहटका ३६, सर्लाहीका २१ र सिराहाका सिराहा १७ जना रहेका छन्।

त्यस्तै, भक्तपुरका १, धादिङका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। धादिङकी महिला परोपकार प्रसुती अस्पतालमा उपचाररत छन्।

यसैगरी, कपिलवस्तुका १६ जना, नवलपरासी पश्चिममा १ र नवलपरासी पूर्वका एक जनामा पनि संक्रमण पुष्टि भएको छ। रुपन्देहीको सैनामैनाका १० जनामा पनि संक्रमण पुष्टि हुँदा नुवाकोटका २ जनामा पनि संक्रमित भएका छन्।

कुन प्रदेशमा कति जना कोरोना संक्रमित आइसोलेसनमा ?

कोरोना भाइरसको संक्रमण देखिएर मंगलबार देशका विभिन्‍न अस्पतालमा एक हजार ८२५ जना उपचाररत रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मंगलबार देशका विभिन्न अस्पतालका एक हजार ८ सय २५ जना उपचाररत हरेका बताए ।

सातै प्रदेशका विभिन्‍न अस्पतालको आइसोलेसनमा एक हजार ८२५ जना उपचारत छन् ।

जसमा प्रदेश १ मा १२० जना, प्रदेश २ मा ७११ जना, बागमती प्रदेशमा २२ जना कोरोना संक्रमण देखिएर विभिन्‍न अस्पतालको आइसोलेसनमा उपचाररत रहेका मन्त्रालयले जनाएको छ ।

मन्त्रालका अनुसार गण्डकी प्रदेशमा ३४ जना, प्रदेश ५ मा ६६२ जना, कर्णाली प्रदेशमा २५१ जना र सुदूरपश्चिम प्रदेशमा ६५ जना अस्पतालको आइसोलेसनमा उपचाररत रहेका छन् ।

प्रतिकृया