• २६ भदौ २०८३, शुक्रबार
  • ४ः५५ बिहान

सप्तरीमा अवैध ९ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

प्रकाशित मिति

२०७७ जेष्ठ १० गते, शनिबार १०:०६

 

National Life

काठमाडौं । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका– १४ कोशी बलारबाट अवैध रकमसहित आज साँझ एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको सुपौल जिल्ला बथनाह गाउँ पञ्चायत वडा नं १७ बस्ने २८ वर्षीय फूलकुमार मेहता रहेको प्रहरी नायब उपरिक्षक तिलक भारतीले जानकारी दिए ।विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस रोगका सम्बन्धमा नेपाल सरकारले जारी गरेको बन्दाबन्दी उल्लङ्घन गर्दै भारतबाट नेपालतर्फ लुकीछिपी आउँदै गरेका उनलाई नेपाली रुपैयाँसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भारतीले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

उनलाई शङ्कास्पद अवस्थामा हिँडिरहेको अवस्थामा फेला पारी हातमा झुण्ड्याउने नाइलनको झोला जाँच गर्दा दुई किलो चिनीभित्र लुकाइ राखिएको नेपाली रु नौ लाख फेला पारेको प्रहरीले जनाएको छ ।

प्रहरीचौकी रामपुर मल्हनीयाबाट खटिएको प्रहरी सहायक निरीक्षक श्रीप्रसाद ठाकुर नेतृत्वको प्रहरी गस्ती टोलीले उनलाई नियन्त्रणमा लिएको जनाइएको छ । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भारतीले बताए ।

प्रतिकृया