• २६ भदौ २०८३, शुक्रबार
  • ३ः२० दिउँसो

विश्वभर कोरोना भाइरसका कारण ३ लाख ३८ हजारको मृत्यु, ५२ लाख ६५ हजार जनामा संक्रमण

प्रकाशित मिति

२०७७ जेष्ठ १० गते, शनिबार ०६:४२

 

National Life

काठमाडौं । साढे ४ महिनाभन्दा बढी समयदेखि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरको कारण हालसम्म विश्वभर ३ लाख ३८ हजार ३० जनाको मृत्यु भएको छ । त्यसैगरी वल्डोमिटरको तथ्यांकअनुसार विश्वभर ५२ लाख ६५ हजार जनामा कोरोना संक्रमण फैलिएको छ ।

अमेरिकामा हालसम्म कोरोनाको सबैभन्दा बढी असर देखिएको छ । अमेरिकामा कोरोनाको कारण ९७ हजार २ सय जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ८ सयजनामा कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १६ लाख ३४ हजार जनामा कोरोना संक्रमण देखिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

अमेरिकामा संक्रमित मध्ये १७ हजार ८ सयको अवस्था गम्भीर रहेको छ । त्यसैगरि ३ लाख ८५ हजार जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । बितेको २४ घण्टामा मात्र अमेरिकामा कोरोनाको कारण ८ सय १५ जनाको ज्यान गएको छ ।
त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ३ लाख २६ हजार जना संक्रमित भएका छन् । त्यहाँ ३ हजार २ सय ४८ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा मात्र ९ हजार जनामा कोरोना संक्रमण देखिएको र १५० जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै हालसम्म रसियामा करिब १ लाख जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

त्यस्तै स्पेनमा हालसम्म कोरोनाको कारण २८ हजार ६ सय २७ जनाको ज्यान गइसकेको छ । २ लाख ८२ हजार जना मानिसमा कोरोना संक्रमण भएको छ ।
पछिल्लो २४ घण्टामा मात्र त्यहाँ १ हजार ७ सय ८७ जनामा संक्रमण देखिएको र ६ सय ८८ जनाको ज्यान गएको छ ।
बेलायतमा बितेको २४ घण्टामा कोरोनाको कारण ३ सय ५१ जनाको ज्यान गएको छ । कुुल ३६ हजार ४ सय जनाको ज्यान गएको छ भने २ लाख ५४ हजार १ सय जनामा कोरोना संक्रमण देखिएको छ ।

ब्राजिलमा कोरोनाबाट ३ लाख १५ हजार जना संक्रमित भएका छन् भने २० हजार २ सय ६७ जनाको कारोनाको कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ९ सय जना नया संक्रमित थपिएका छन् भने १ सय ८५ जनाको मृत्यु भएको छ ।
छिमेकी देश भारतमा कोरोना संक्रमणका कारण ३ हजार ७ सय १२ जनाको ज्यान गइसकेको छ, भने १ लाख २५ हजार जनामा कोरोना संक्रमण देखिएको छ ।
बितेको २४ घण्टामा भारतमा ६ हजार २ सय ३६ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा भारतमा कोरोनाका कारण १ सय २८ जनाको मृत्यु भएको छ ।
हालसम्म विश्वभर २१ लाख २७ हजार जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । २८ लाख उपचाररत मध्ये ४५ हजार १ सय जनाको अवस्था गम्भीर रहेको छ ।
पछिल्लो २४ घण्टामा विश्वभर ३ हजार ७ सयभन्दा बढिको मृत्यु भएको छ । यो संख्या अघिल्लो दिनकोभन्दा थोरै हो । त्यसैगरि ७४ हजार नयाँ संक्रमित थपिएका छन् ।
कोरोना २ सय १३ देशमा पुगिसकेको छ ।

प्रतिकृया