अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण ९६ हजारभन्दा बढीको मृत्यु
प्रकाशित मिति
२०७७ जेष्ठ ९ गते, शुक्रबार ०६:०१
Medial workers wearing protective gear move a patient infected with the coronavirus disease from an ambulance to a hospital in Seoul, South Korea, Sunday, March 8, 2020. The number of infections of the COVID-19 disease spread around the globe. (Shin Joon-hee/Yonhap via AP)
काठमाडौं । साढे ४ महिनाभन्दा बढी समयदेखि महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण अमेरिकामा ९६ हजारभन्दा बढीको मृत्यु भएको छ ।
यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ३३३ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ९६ हजार २६९ पुगेको छ ।पछिल्लो २४ घण्टामा त्यहाँ २७ हजार ६४ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १६ लाख १९ हजार ७८७ पुगेको छ ।
अमेरिकामा संक्रमितमध्ये ३ लाख ८१ हजार ९१४ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ११ लाख ४१ हजार ६०४ जनामध्ये १७ हजार ९०२ जनाको अवस्था गम्भीर रहेको छ ।






प्रतिकृया