• २६ भदौ २०८३, शुक्रबार
  • २ः२६ दिउँसो

अंपुन चक्रवातको असर नेपालमा कस्तो रहनेछ ? (विज्ञप्तिसहित)

प्रकाशित मिति

२०७७ जेष्ठ ८ गते, बिहीबार ०९:५७

 

National Life

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा बनेको चक्रवात नेपाली भूमिमा प्रवेश गरिसकेको जनाएको छ ।

चक्रवातको प्रभाव कमजोर हुने क्रममा रहेको जनाउँदै महाशाखाले हाल मुलुकमा स्थानीय वायुको समेत प्रभाव रहेको जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

चक्रवातको प्रभावले केही दिन पूर्वी भू-भागका केही स्थानहरु र मध्यका पहाडी भू-भागका १/२ स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ। पुर्वी हिमाली भू-भागहरुमा हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल देशको पूर्वी र मध्य भू-भागमा पूर्ण बदली रही पश्चिमाका आंशिक बदली रहेको छ। पूर्व र मध्यको थोरै स्थानमा वर्षा भइरहेको जनाएको छ ।

 

प्रतिकृया