• २६ भदौ २०८३, शुक्रबार
  • १ः४४ दिउँसो

भारतले अतिक्रमण गरेको नेपाली भूमि यस्तो छ

प्रकाशित मिति

२०७७ जेष्ठ ८ गते, बिहीबार ०९:३६

 

National Life

दार्चुला । दार्चुलाको छाङरुबाट देखिएको भारतले मिचेको भूभाग (नदीको माथिल्लो भेगमा देखिएको हिउँसहितको पहाड) हो। बीचमा काली नदी छ। काली नदीको बायाँको भूभाग भारत हो भने दायाँ नेपाल हो ।

दोभान माथि बीचमा देखिएको हिउँसहितको पहाडको बायाँ लिम्पियाधुराबाट काली नदी आउँछ। त्यो पहाडको दायाँबाट लिपुलेक कालापानी हुँदै लिपु खोला बग्छ। गुञ्जी दोभानमा आएर मिसिन्छ।

Classic Tech Mobile
Classic Tech Desktop

छाङरुबाट गुञ्जी १० किलोमिटरको दूरीमा छ। त्यही लिपुखोलालाई काली दावी गरेर भारतले त्यस उता लिम्पियाधुरासम्मको भूभाग भारतले अतिक्रमण गरेको छ। उक्त पहाडमा गुञ्जी, कुटी, नावीलगायत गाउँ पर्छ। बुधबार सरकारले यो सबै भूभाग समेटेर नेपालको नक्सा सार्वजनिक गरेको छ।

प्रतिकृया