भक्तपुरमा देखिएका संक्रमित युवकको सम्पर्कमा रहेका ९ जनाको रिपोर्ट नेगेटिभ
प्रकाशित मिति
२०७७ जेष्ठ ३ गते, शनिबार १२:०६
भक्तपुर, भक्तपुरमा देखिएका संक्रमित युवकको सम्पर्कमा रहेका ९ जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना संक्रमण पुष्टि भएका चाँगुनारायण नगरपालिका–१ दुवाकोटमा भेटिएका २७ वर्षीय युवकको परिवारसहित प्रत्यक्ष सम्पर्कमा रहेका ९ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।
उनीहरु सबैको बुधबार स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको हो । संक्रमित युवककी पत्नी, छोरा, घरमा डेरा बस्ने र साथीसहितको रिपोर्ट नेगेटिभ आएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सबिन प्रधानले जानकारी दिएका छन् ।
सशस्त्र प्रहरीका जवान ती युवक पूर्वगृहमन्त्री भीम रावलका सुरक्षा गार्ड हुन् । उनलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरिएको छ । परिवारसहित प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरु ‘होम क्वारेन्टाइन’मा छन् ।
यसैगरी, भक्तपुुरको थिमिमा संक्रमित भेटिएकी सुनसरीको झुम्काकी २५ वर्षीय युवतीको साथीको स्वाब परीक्षणको रिपोर्ट बिहीबार नै आएको थियो । ती स्टाफ नर्सलाई भक्तपुर अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । रिपोर्ट नेगेटिभ आए पनि एक साता आइसोलेसनमै राखिने अस्पतालले जनाएको छ ।






प्रतिकृया