लकडाउनमा धमाधम हुँदैछ ट्राफिकमैत्री बोर्ड निर्माण
प्रकाशित मिति
२०७७ बैशाख ३१ गते, बुधबार ०६:३६
काठमाडौं, महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउनको अवधिमा ट्राफिकमैत्री सडक निर्माण र मर्मतसमेत जारी राखेको छ । महाशाखाले काठमाडौँ उपत्यकाको भित्री सडकबाट मुख्य सडकहरू निस्कने जक्सनमा क्तयउ,ीययप७ न्य लेखिएको संकेत बोर्डहरू २५० स्थानमा राखेको छ ।
यस्ता बोर्डहरूशङ्खमुल, बानेश्वर, कोटेश्वर, थापागाँऊ, अनामनगर, गौशाला, डिल्लीबजार, पुत्तलीसडक, कमलपोखरी, लाजिम्पाट, सोह्रखुट्टे, कालीमाटी, कंलकी, जावालाखेल, चापागाउँ आदि स्थानका सडकहरूमा राखिएका छन् ।
ट्राफिक प्रहरी र कामदारहरुबीच भौतिक तथा समाजिक दूरी कायम राख्दै उच्चसतर्कता र सुरक्षाका उपायहरू अपनाउँदै काम भइरहेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले बताए।
एसएसपी ढकालले भने, “सवारी चालकले भित्री सडकबाट मुख्य सडकहरूमा निस्कँदा पर्ख, हेर र जाउँ ९क्तयउ,ीययप७ न्य० भन्ने ट्राफिक नियमको पालना नगर्दा त्यस्ता चोक जक्सनमा हुने सवारी दुर्घटना तथा ट्राफिक जामलाई न्यूनिकरण गर्न र चालकहरूलाई स्व(अनुशासित बनाउन यस्ता क्तयउ,ीययप७ न्य लेखिएको संकेत बोर्डहरू राखेका हौँ ।”
उक्त बोर्डहरू नाडा अटोमोवाइल्स एसोसियसन अफ नेपालले ५० थान र ग्लोबल आईएमई बैङ्कले २०० थान सामाजिक उत्तरदायित्व अन्तर्गत महाशाखालाई हस्तान्तरण गरेका हुन् ।
कहाँ–कहाँ हुँदैछ सडकमाकाम ?
लकडाउनको समयमा सडक खाली भएको रगाडी नरोकी काम गर्न सहज हुने भएकाले ट्राफिकमैत्री सडक मर्मत तथा निर्माणका लागि महाशाखाले सरोकारवाला निकायहरूसँग नियमित रूपमा सहकार्य र समन्वय गरेको जनाएको छ ।
अहिले सितापाईला(रामकोट, स्वयम्भू अजिमा हल अगाडी, भैसेपाटी–छम्पी, लुभु–लामाटार, चावहिल उकालो, जोरपाटी–बाग्मती कोरीडर सडकखण्डमा सडक मर्मत तथा पिचका काममा समन्वय र सहजीकरण भैरहेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले बताए ।
त्यस्तैथलीबाट साँखु, नाम्गेल, जोरपाटी–गुहेश्वरी, खानी विभाग–गल्कोपाखा, चुच्चेपाटी, पुत्तलीसडक, अष्ट्रेलियन एम्बेसी अगाडी, चावहिल–मित्रपार्कका सडकखण्डहरूमा ढल, खानेपानी तथा फुटपाथका निर्माण, गौशाला–तिलगङ्गा, सेतोपुल(डिल्लीबजार र सेतोपुल–पुरानो बानेश्वर सडकखण्डमा रोड मार्किङ, ईमाडोल–टिकाथली सडकमा पुल निर्माण र कपनको एनसेल चोक–देउवाचोक सडकखण्डमा टेलिकमको काम, चुच्चेपाटी–चावहिल सडकखण्डमा मेलम्ची र विद्युतको कामसमेत ट्राफिक प्रहरीको समन्वय एव सहजीकरणमा भइरहेको जानकारी दिए ।
उपत्यकाका सडकहरू लकडाउन सकिँदासम्म निकै चुस्त अवस्थामा हुनेप्रवक्ताएसपी श्रेष्ठले बताए । ट्राफिक महाशाखा र सडक विभागले काठमाडौं उपत्यकाका धेरै सडकखण्डहरूमासडक पिच र रोड मार्किङको काम सम्पन्नगरिसकेको छ ।







प्रतिकृया