• २६ भदौ २०८३, शुक्रबार
  • ५ः५० बेलुका

६३ वर्षीया महिला कोरोना उपचारपछि डिस्चार्ज

प्रकाशित मिति

२०७७ बैशाख ३१ गते, बुधबार ०६:००

काठमाडौं‌ , थप एकजना कोरोना संक्रमित निको भएर घर फर्किएकी छिन् । चितवनकी ६३ वर्षीया महिला कोरोना उपचारपछि आज डिस्चार्ज भएकी हुन् । कोरोना भाइरसको संक्रमणपछि भरतपुर अस्पतालमा उपचाररत उनको पछिल्लो २ पटकको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिए।

National Life

अस्पतालमा राप्ती नगरपालिका–८ की ती महिलाका २७ वर्षीय छोरा समेत कोरोना संक्रमणपछि उपचाररत थिए। छोरा केही समय अघि नै उपचारपछि निको भएका थिए। दुवैका अवस्था सामान्य रहेको र अझै दुई साता घरमै क्वारेन्टिनमा बस्नुपर्ने बताइको छ। उनीहरु दुवै आमा छोरालाई राप्ती नगरपालिकालाई जिम्मा लगाइएको हो। दुवै आमा छोरा गत चैत ३ गते बेलातबाट नेपाल आएका थिए भने चैत ५ गते चितवन आइपुगेका थिए। यसका साथै नेपालमा ३४ जना कोरोना मुक्त भइसकेका छन् ।

प्रतिकृया