• ६ असोज २०८३, मंगलबार
  • ११ः२३ राती

जुम्लामा ओखलढुङ्गाको ६ मजदुर अलपत्र

प्रकाशित मिति

२०७७ बैशाख २१ गते, आईतवार ०८:३७

 

National Life

ओखलढुंगा । ओखलढुङ्गाका ६ युवक जुम्लामा अलपत्र परेका छन् । जिल्लाको खिजिदेम्बा गाउँपालिका–४ खिजीकातीका युवा लकडाउनका कारण जुम्लामा अलपत्र परेका हुन् ।

काठ चिरानको कामका लागि गत फागुन २७ गते जुम्ला पुगेका उनीहरु लकडाउनका कारण गाउँ फर्कन नसकेर अलपत्रमा मा परेका हुन् । कोरोनाको डरले काम गर्ने अवस्था नभएको र लकडाउनका कारण घर फर्कन पनि नसकेको अलपत्र युवक सुकवीर तामाङले गुनासो गरेको छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

लामो समयको लकडाउनले आफूहरुलाई खान बस्नसमेत समस्या भएको उनको भनाइ छ । ‘हामी छ जना यहाँ जुम्लामा रोकिएर बसेका छौँ । खान–बस्न समस्या भइरहेको छ । गाउँ फर्कन चाहन्छौँ तर सम्भावना भएन’, उनले भने, ‘स्थानीय सरकारले अलपत्र परेका नागरिकलाई उद्धार गरेको सुनियो । हामीलाई पनि सहयोग गरिदिएहुन्थ्यो ।’

अझै लामो समय लकडाउन भए थप समस्या हुने भएकाले उद्धारका लागि उनीहरुले अपिल गरेका छन् ।

खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष वेदबहादुर रोकाले टाढाका अलपत्र नागरिकलाई गाउँ फर्काउन सक्ने अवस्था नरहेको बताए।

राजधानी काठमाडौँबाट गाउँ फर्कन चाहनेलाई स्थानीय सरकारले सवारी व्यवस्था गरेर ल्याएको भए पनि जुम्लामा अलपत्र परेकालाई गाउँ ल्याउन अहिले सम्भव नहुने उनको भनाइ छ । खिजीदेम्बाले करिब ७०० नागरिकलाई राजधानीबाट उद्धार गरेर गाउँ फर्काएको छ ।

प्रतिकृया