• २९ भदौ २०८३, सोमबार
  • ६ः२३ बिहान

राष्ट्रपतिद्वारा दुवै अध्यादेश खारेज

प्रकाशित मिति

२०७७ बैशाख १२ गते, शुक्रबार ०४:१४

काठमाडौं, गत सोमबार सरकारले जारी गरेका २ अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले आज खारेज गर्नु भएको छ । उहाँले बैशाख ८ गते आफैंले प्रमाणीकरण गरेका दुवै अध्यादेश आज खारेज गर्नु भएको हो ।

National Life

बैशाख ८ गते सरकारले राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषद सम्बन्धी २ अध्यादेश ल्याएकोमा आज बसेको मन्त्रिपरिषद बैठकले खारेज गर्ने निर्णय गरेपछि राष्ट्रपतिले दुवै अध्यादेश खारेज गर्नु भएको हो । राष्ट्रपति कार्यालयले आज दुवै अध्यादेश खारेज भएको जानकारी दिएको छ ।

चौतर्फी आलोचना भएपछि सरकारले अध्यादेश फिर्ताको निर्णय गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया