त्रियुगा नगरपालिका ‘सिल’, सुरक्षा व्यवस्था कडा
प्रकाशित मिति
२०७७ बैशाख ६ गते, शनिबार १२:५७
उदयपुर, शुक्रबार उदयपुरको त्रियुगा नगरपालिका–३ भल्के मस्जिदमा रहेका १६ जना मध्ये १२ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीले त्यस क्षेत्र सिल गरेको छ ।
स्थानीय प्रशासनले शुक्रबार रातिदेखि बस्तीलाई सुरक्षा घेरामा राखेको र आवतजावत बन्द गरिएको छ भने स्थानीयलाई घरबाट बाहिर निस्कन दिइएको छैन । प्रदेश १ को समाजिक विकास मन्त्रालयका सूचना अधिकारी बलराम पराजुलीले जमातीका लागि आएकामा कोरोना संक्रमणको पुष्टि भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले बस्तीलाई घेरा हालेर सिल गरेको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा संक्रमितहरु भारतबाट आएका र बस्तीमा प्रवेश गरी ‘जाँड, रक्सी सेवन गर्न हुँदैन, धर्मप्रतिको विश्वासलाई जीवन्त राख्नुपर्छ’ जस्ता उपदेशहरु दिँदै हिँडेको स्थानीयले बताएका छन् । उनीहरु उपदेश दिने नाममा गाउँभरि हिँडेकाले थप व्यक्तिलाई पनि संक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ







प्रतिकृया