• २२ भदौ २०८३, सोमबार
  • ११ः०७ राती

एनसेलले पनि कोरोना भाइरसको सर्बेक्षण सुरु

प्रकाशित मिति

२०७७ बैशाख ४ गते, बिहीबार १०:०५

काठमाडौं – दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले पनि कोरोना भाइरसको संक्रमितहरुको सर्बेक्षण सुरु गरेको छ ।

National Life

एनसेलले कोरोना भाइरसको संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको सहकार्यमा सरकारलाई कोरोना भाइरस संक्रमितहरुको पहिचानमा सहयोग पुर्‍याउँन बुधवार (वैशाख ३) देखि यूएसएसडी माध्यमबाट सर्वेक्षण शुरु गरेको हो ।

उक्त सर्वेक्षणमा एनसेलका ग्राहक तथा सर्वेक्षणमा भाग लिने व्यक्तिले यूएसएसडी कोड एस्ट्रिक्स १७१०० ह्यास डायल गरी कोरोना भाइरस रोगसँग सम्बन्धित पाँच वटा प्रश्नहरुको जवाफ आफ्नो स्वास्थ्य स्थिती अनुसार १ वा २ विकल्प छानेर दिन सक्नेछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रश्नहरुको उत्तर दिएपछि यो सर्वेक्षणमा भाग लिएको व्यक्तिलाई तत्काल उसको स्वास्थ्यको अवस्थालाई मिल्ने सुझाव सहित सरकारले तोकेको हेल्पलाइन नम्बरहरु र एनसेलको हटलाइन नम्बर ९८०१५७५००५ उल्लेख भएको एसएमएस प्राप्त हुन्छ ।

हटलाइन नम्बरमा कोरोना भाइरस सम्बन्धि चिकित्सकसँग निःशुल्क परामर्श लिन सकिने ब्यबस्था मिलाएको छ ।

प्रतिकृया