• २० भदौ २०८३, शनिबार
  • ९ः५७ बिहान

इतिहासमा अर्को महाभूल नगर्न भन्दै पूर्व राजा ज्ञानेन्द्रले दिए नयाँ वर्षको शुभकामना

प्रकाशित मिति

२०७७ बैशाख १ गते, सोमबार ०५:४३

काठमाडौं। पूर्व राजा ज्ञानेन्द्र शाहले एकले अर्कालाई निषेध गरेर गएमा इतिहासमा अर्को महाभूल हुने  भन्दै नयाँ बर्षको शुभकामना दिएका छन् । यस्तो संकटको समयमा राष्ट्रिय एकतामा जोड दिदै त्यसलाई मनन गरेर नबढ्दा अर्को महामूल हुने बताएका हुन् ।

National Life

‘विद्यमान संकटबाट मुक्ति पाउन र भविष्यमा हुने अस्वाभाविक चुनौतीहरुको सामना गर्न हामी बीचको एकता अनिवार्य हुन पुगेको छ,’ नयाँ वर्ष २०७७ को पूर्व सन्ध्यामा पूर्व राजा ज्ञानेन्द्र शाहले विज्ञप्तिमार्फत् भनेका छन्, ‘कसैले कसैलाई निषेध गरेर जाने सोचको आयु समाप्त भएको धरातलीय यथार्थलाई आत्म स्वीकार गर्दै राष्ट्रिय भाव र एकता प्रबलीकरणको मार्ग स्पष्ट गर्न अब पनि सकेनौं भने इतिहासमा अर्को एउटा महाभूल हुने हामीले ठानेका छौं ।’

नेपाली जनताप्रति पर्नसक्ने विभिन्न समयका खतराहरु टार्न आफूले हरसम्भव प्रयासहरु गरेको समेत उल्लेख गरेका छन् । वैदिक सनातन दर्शन, धर्म, संस्कृति, परम्परा तथा जीवन पद्धति नै सर्वश्रेष्ठ र वैज्ञानिक भएको महशुश अहिले विश्व जगतले स्वकार्दै आएको भन्दै सनातनिक सभ्यताको पुनर्जागरणमा जोड दिएका छन् ।

Classic Tech Desktop

प्रतिकृया