बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो
प्रकाशित मिति
२०७६ चैत्र २३ गते, आईतवार ०६:५०
एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा पछिल्लो २४ घण्टामा ७०८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४ हजार ३१३ पुगेको छ । बेलायतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएको छ ।
कोरोना भाइरसबाट संक्रमितको संख्या ४१ हजार ९०८ जना पुगको छ । जसमा एकै दिन ३ हजार ७ सय ३५ जना संक्रमित भएको जनाइएको छ ।
चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुकहरु तीव्र देखिएको छ । बेलायतमा संक्रमितमध्ये १३५ जना उपचारपछि निको भएका छन् । १६३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ३७ हजार ४५५ उपचाररत छन् ।
एकै दिन ८३ हजार ७१० जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या विश्वमा १२ लाख ३७२ पुगेको छ । संक्रमितमध्ये २ लाख ४६ हजार १७४ जना उपचारपछि निको भएका छन् ।
हालसम्म सबैभन्दा बढी अमेरिकामा ३ लाख १० हजार बढी संक्रमित देखिएका छन् भने अमेरिकामा ८ हजार ४ सय बढीको ज्यान गएको छ ।
त्यसैगरी स्पेनमा १ लाख २६ हजार बढी संक्रमित रहेका छन् । जहाँ ११ हजार ९ सय बढीको ज्यान गएको छ ।
त्यस्तै इटालीमा १५ हजार ३ सय ६२ जनाको ज्यान गएको छ भने १ लाख २४ हजार बढी संक्रमित भएका छन् ।






प्रतिकृया