• १ असोज २०८३, बिहीबार
  • ५ः१२ बिहान

अस्ट्रेलियामा कोरोना भाइरस प्रतिरोधी खोपको परीक्षण सुरु

प्रकाशित मिति

२०७६ चैत्र २० गते, बिहीबार ०५:४२

काठमाण्डौ, अस्ट्रेलियाको राष्ट्रिय वैज्ञानिक तथा औद्योगिक अनुसन्धान संगठन (सीसीरो) ले कोरोना भाइरस प्रतिरोधी खोप (भ्याक्सिन)को परीक्षण सुरु गरेको छ । सीसीरोले मेलबर्नबाट ७५ किलोमिटर दक्षिणको गीलोङमा रहेको अस्ट्रेलियाली पशु स्वास्थ्य प्रयोगशालामा पहिलो चरणको परीक्षण गरेको घोषणा गरेको हो ।

National Life

यो परीक्षण झण्डै तीन महिनामा सम्पन्न हुनेछ । यो भ्याक्सिनको प्रभावकारिता र सुरक्षात्मक स्थितिका बारेमा एक प्रकारको मुसामा परीक्षण गर्न लागिएको सीसीरोले जनाएको छ । सीसीरोका प्रमुख कार्यकारी ल्यारी मार्शलले कोरोना भाइरस विरुद्धको अभियानमा यो एउटा कोशेढुंगा हुने विश्वास लिइएको बताउनु भएको छ । यस कार्यमा अस्ट्रेलियाली र अन्य देशको अनुभवलाई एकीकृत गरिएको जानकारी दिनुभयो ।

उहाँले मानव स्वास्थ्यका लागि ठूलो चुनौतीका रुपमा देखिएको कोरोना भाइरस विरुद्धको यस अभियानमा आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्नु परेको पनि बताउनुभयो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया