• ८ असार २०८३, सोमबार
  • ११:२८ बेलुका

कोरोना भाइरसको परीक्षण दायरा बढाउन सभामुख सापकोटाको आग्रह

प्रकाशित मिति

२०७६ चैत्र १८ गते, मंगलवार ०४:५०

 

काठमाडौं । विश्वभरी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण परीक्षणको दायरा बढाउन सभामुख अग्निप्रसाद सापकोटाले आग्रह गरेका छन् । सोमबार एक अपिल जारी गर्दै उनले स्वास्थ्य उपकरणको उचित ढंगले वितरण र स्वास्थ्यकर्मी एवं उपचारमा संलग्न अन्य व्यक्तिको मनोबल उच्च बनाउन समेत आग्रह गरेका छन् ।

Kamana Sewa

सभामुख सापकोटाले ‘लकडाउन’बाट प्रभावित विभिन्न क्षेत्रका समुदायलाई सम्बोधन गर्दै आर्थिक राहत तथा सहुलियतका कार्यक्रम अघि बढाएकामा प्रशंसा गर्दै दैनिक ज्यालामा निर्भर नागरिकका लागि राहतको उचित प्रवन्ध गर्न जरुरी रहेको उल्लेख गरेका छन्।

Classic Tech Desktop

कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सबैले बाह्य क्रियाकलाप बन्द अर्थात् लकडाउन गर्नुपर्ने बाध्यता आइपरेको बताउँदै उनले यो संक्रमण भयावह हुन नदिन विकल्पहीन रहेको लकडाउनको पालना गरी घरभित्र बस्न, जमघट नगर्न, अत्यावश्यक कामका लागि बाहिर निस्कन परे सुरक्षाका उपाय अपनाउन सबैमा अनुरोध गरेका छन् ।

सरकारका तर्फबाट यसको रोकथाम, नियन्त्रण तथा उपचारका लागि विभिन्न प्रयास भइरहेको, अत्यावश्यक स्वास्थ्य सामग्रीको प्रवन्ध भइरहेको तथा विभिन्न मित्रराष्ट्रले सहयोग गरिरहेको उल्लेख गरे । सापकोटाले देशभित्र र बाहिरबाट प्रतिष्ठान र व्यक्तिगत रूपमा भइरहेका सहयोगको सराहना गर्दै थप सहयोग परिचालनको आह्वान गरेका छन् ।

प्रतिनिधिसभाको गत फागुन २३ गतेको बैठकले कोरोनाविरुद्ध राष्ट्रिय सङ्कल्पका साथ अगाडि बढ्ने जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल गरेको अवगत गराउँदै थप पहलकदमीका लागि सङ्घीय संसद् सदैव तयार रहेको पनि उनले बताए ।

सापकोटाले भने कोरोना भाइरसको महामारी लामो समय नरहने तर यसलाई हाम्रो देशभित्र कति छिटो नियन्त्रण गर्ने भन्ने कुरा नेपालीकै सामूहिक प्रतिबद्धतामा निर्भर रहने छ ।

प्रतिकृया