कोभिड–१९ आशंकामा रहेका पाटन अस्पतालमा एक युवकको मृत्यु
प्रकाशित मिति
२०७६ चैत्र १७ गते, सोमबार ०२:३५
ललितपुर, कोरोनाभाइरस (कोभिड–१९) आशंकामा ललितपुरस्थित पाटन अस्पतालको आइसीयूमा राखिएका एक युवाको मृत्यु भएको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार धादिङ खनियाँपानी घर भएका ३५ वर्षीय युवकको मृत्यु भएको हो ।
चैत १४ गते मात्रै भारतबाट नेपाल फर्किएका उनको सोमबार मृत्यु भएको हो । तर, उनको कोरोनाकै कारण मृत्यु भएको भने पुष्टि भइनसकेको पाटन अस्पतालले जानएको छ । पाटन अस्पतालका नमुना परीक्षणका लागि टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाइएको भएपनि रिपोर्ट भने नआइसकेको बुझिइएको छ ।

उनलाई अत्यधिक ज्वरो आएपछि कोरोनाको आशंकामा परीक्षणका लागि नमुना पठाइएको थियो । पाटन अस्पतालको आइसोलेनमा अहिले ३ जना कोरोना आशंका गरिएका बिरामी रहेका छन् ।

Related
Recent News
- कक्षा १२ को नतिजामा कुनै त्रुटि छैन, प्रचारबाजी मात्रै भयो : शिक्षा मन्त्रालय
- उपाध्यक्ष पौडेल पक्राउपछि एमालेको आपत्कालीन बैठक, ओली पनि सहभागी
- सुदूरपश्चिममा बजेट विवाद : संशोधन नभए एमाले सरकार छाड्ने चेतावनी
- रास्वपाको बन्दसत्र आज दिउँसो २ बजे सुरु हुने, यस्तो छ कार्यतालिका
- रास्वपाको निर्वाचन प्रक्रिया कडा, प्रस्तावक र समर्थकसम्बन्धी यस्तो नयाँ नियम लागू
- सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ परेका विष्णु पौडेल काठमाडौं ल्याइए
- एमालेको संसदीय दल र सचिवालय बैठक आज
- रहरले होइन, बाध्यताले सडकमा छौं भन्दै दृष्टिविहीनको विरोध प्रदर्शन
- सम्पत्ति छानबिनको पक्षमा अझै अडिग छु : जनार्दन शर्मा
- सुनको मूल्यमा ठूलो गिरावट, तोलामै १ हजार ६०० रुपैयाँ घट्यो
Crime
Politics
- उपाध्यक्ष पौडेल पक्राउपछि एमालेको आपत्कालीन बैठक, ओली पनि सहभागी
- रास्वपाको बन्दसत्र आज दिउँसो २ बजे सुरु हुने, यस्तो छ कार्यतालिका
- रास्वपाको निर्वाचन प्रक्रिया कडा, प्रस्तावक र समर्थकसम्बन्धी यस्तो नयाँ नियम लागू
- एमालेको संसदीय दल र सचिवालय बैठक आज
- प्रतिनिधि विवादले रास्वपा महाधिवेशन लम्बियो, असार १० गतेसम्म चल्ने




प्रतिकृया