• २३ भदौ २०८३, मंगलबार
  • ११ः१२ राती

सरकारले विदेश बस्‍ने नेपालीलाई घर फर्किन र बिदेशमै बस्नेलाई पैसा पठाउन सहजीकरण गर्दै

प्रकाशित मिति

२०७६ चैत्र १५ गते, शनिबार ११:२०

 

National Life

काठमाडौँ — सरकारले नेपालमा रहेका विदेशीहरु आफ्नो देश फर्किन चाहन्छन् भने उनीहरुलाई सम्बन्धित दूतावास मार्फत् सहजीकरण गरिदिने भएको छ । यसअघि समिति बैठकले नेपालस्थित विदेशी नागरिकलाई उद्धार गरेर क्‍वारेन्टाइनमा राख्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शुक्रबार बसेको कोभिड–१९ रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले विदेशमा भएका नेपाली विद्यार्थीलाई खर्च पठाउनका लागि पनि सहजीकरण गरिदिने निर्णय गरेको छ । ‘विदेशमा रहेका नेपाली विद्यार्थीलाई अभिभावकहरुले खर्च पठाउने हो हामीले आवश्यक डलर साट्ने देखि पठाउने प्रक्रिया सम्म सहजीकरण गर्ने निर्णय छ ।

Classic Tech Mobile
Classic Tech Desktop

पोखरास्थित क्षेत्रीय अस्पताल पोखरालाई कोभिड–१९ संक्रमण परीक्षण र उपचारका लागि डेडिकेटेड अस्पताल बनाउने समितिले निर्णय गरेको छ । समितिले उक्त अस्पताललाई कोभिड–१९ डेडिकेटेड अस्पतालका रुपमा विकास गर्न मन्त्रिपरिषद्लाई सिफारिस हम । ‘हामीले पश्चिमाञ्चल अस्पताललाई पनि कोभिड–१९ डेडिकेटेड अस्पतालका रुपमा विस्तार गर्न लागेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एवम् समिति सदस्य सचिव नारायणप्रसाद विडारीले जाकारी दिए ।

बैठकअघि समितिका सदस्यहरुले शुक्रबार विभिन्न अस्पतालका चिकित्सिकहरुसँग परामर्श समेत गरेका थिए । बैठकमा चिकित्सकहरुले स्वास्थ्य उपकरण र चिकित्सकहरुका लागि व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) नहुँदा समस्या परेको बताएका थिए । बैठकमा समिति संयोजक ईश्वर पोखरेलले शनिबार आवश्यक स्वास्थ्य उपकरण लिन नेपाली विमान चिनको गोन्जाओ जाने भएकाले अब आइतबारदेखि स्वास्थ्य उपकरणको समस्या नहुने बताएका थिए । नेपाल वायु सेवा निगमको वाइडबडी जहाज शनिबार २ बजे चीन जाँदैछ ।

कोभिड–१९ को संक्रमण बढ्न सक्ने सम्भावना रहेको र संम्भावित संक्रमित ब्यक्तिको उपचारमा संलग्न हुनुपर्ने चिकित्सकको व्यक्तिगत सुरक्षा उपकरण समेत उपलब्ध गराउन नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ । समितिका पदाधिकारीहरुले शुक्रबार नै भिडियो कन्फरेन्समार्फत् सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गरी कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारहरुले गरेको तयारीका बारेमा जानकारी लिएका थिए ।

 

प्रतिकृया