• २२ भदौ २०८३, सोमबार
  • १०ः०५ राती

कोरोनाको कहर : ज्यान गुमाउनेको संख्या २७ हजार नाघ्यो

प्रकाशित मिति

२०७६ चैत्र १५ गते, शनिबार ११:००

काठमाडौं, विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान घुमाउनेको संख्या २७ हजार ३ सय ४१ पुगेको छ । कोरोनाबाट ५ लाख ९६ हजार २१ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १ लाख ३३ हजार ५७ जना उपचारपछि घर फर्किएका छन् ।
कोरोनाको संक्रमण विश्वमा १९९ देशमा पुगेको छ ।

National Life

अहिले कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा पुगेको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख ३ हजार ७ सय ९८ पुगेको छ । अमेरिकामा १८ हजार ३ सय ६३ जना नयाँ संक्रमित थपिएका छन् । कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या भने १ हजार ६ सय ९३ पुगेको छ । जसमा ३ सय ९८ नयाँ मृत्यु हुन् ।

इटालीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्याले नयाँ उचाइ लिएको छ । शुक्रबार एकै दिन इटालीमा कोभिड–१९ का कारण ९ सयजना भन्दा बढीको ज्यान गएको हो । कोरोना भाइरसको महामारी फैलिए यता एकै दिन धेरैको ज्यान जाने दिन बनेको शुक्रबार इटालीमा ९१९ जनाको मृत्यु भएको हो । योसँगै इटालीमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको कुल संख्या ९ हजार १३४ पुगेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया