• २२ भदौ २०८३, सोमबार
  • ८ः४९ राती

लक डाउन उल्लङ्घन गर्नेलाई अब प्रहरीले ‘म्यान क्याच डिभाइस’ प्रयोग गरेर पक्राउ गर्ने

प्रकाशित मिति

२०७६ चैत्र १५ गते, शनिबार १०:१५

काठमाडौं । सरकारले लकडाउन घोषणा गरेको चार दिन भएको छ । अधिकांश नागरिक घरभित्रै रहेका छन् भने सबैले लक डाउन पालना गरेका छैनन् । लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले ‘म्यान क्याच डिभाइस’ उपकरण प्रयोगमा ल्याएको छ । नजिक गएर नियन्त्रणमा लिँदा कोरोनाको संक्रमण फैलिन सक्ने भएकाले यो उपकरण प्रयोगमा ल्याइएको हो ।

National Life

मल्टी फङ्सनल एरेस्ट एण्ड रेस्कू डिभाइस पनि भनिने उक्त उपकरण पहिलो चरणमा ६ वटा प्रयोगमा ल्याइएको छ । व्यक्तिलाई पक्राउ गर्दा ३ मिटर परैबाट समात्न सकिने गरी यो प्रयोगमा ल्याइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले जाकारी दिएका छन् ।

लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा पनि लिनुपर्ने र शारिरिक दुरी पनि कायम गर्नुप‍र्ने भएकाले उक्त उपकरण प्रयोगमा ल्याइएको पोखरेलले बताएका छन्। परिसरले अहिले दुईवटा टोली बनाएर लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिने गरेको छ । अहिलेसम्म यो उपकरणको प्रयोग गरेर ५० जनाभन्दा बढिलाई नियन्त्रणमा लिइसकेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रहरीले यो उपकरण प्रहरीले हालै भित्र्याएको भने होइन । विगतमा पनि कुनै प्रकोप वा महामारीका बेला प्रयोग गर्न सकियोस् भनेर ‘स्ट्याण्ड बाई’ राखिएको थियो । यो उपकरण प्रहरीको मोबाइल गाडीमा राखिने र आवश्यकता अनुसार प्रयोग गर्ने गरेका छन् । सर्वसाधरणलाई पक्राउ र्गदा कोरोनाको संक्रमण फैलिन नदिनको लागि यस्तो उपकरण प्रयोग गरीएको हो ।

प्रतिकृया