• २८ भदौ २०८३, आइतबार
  • ११ः२१ राती

दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नेलाई राहत घोषणा गरियोस्: देउवा

प्रकाशित मिति

२०७६ चैत्र १३ गते, बिहीबार १२:४२

 

National Life

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नेहरूका लागि तत्काल विशेष राहत प्याकेज घोषणा गर्न माग गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन ।

‘कोरोनाबाट सुरक्षित हुँदाहुँदै कुनै समूह भोकमारीको सिकार बन्न नपरोस्’ देउवाले ट्विटरमा लेखेका छन्, ‘देउवाले सरकारलाई दैनिक ज्यालादारीमा निर्भर रहेका र न्युन आय भएकालाई तत्काल विशेष राहत प्याकेज घोषणा गर्न अनुरोध गरेका छन् ।’

Classic Tech Mobile
Classic Tech Desktop

विश्वभरी फैलिएको कोरोनाभाइरसबाट सुरक्षित हुनका लागि सरकारले गरेको लकडाउन उत्तम विकल्प भएको देउवाको भनाइ रहेको छ ।

प्रतिकृया