• ६ असोज २०८३, मंगलबार
  • ११ः२४ राती

कोरोनाको संक्रमण १ सय ८६ देशमा, विश्वमा करिब १३ हजारको मृत्यु, तीन लाख बढी संक्रमित

प्रकाशित मिति

२०७६ चैत्र ९ गते, आईतवार ११:५५

काठमाडौं, विश्वभर फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट हालसम्म विश्वभरी मृत्यु हुनेको संख्या १२ हजार ९ सय ७३ जनाको मृत्यु भएको छ । विश्वभर तीन लाख ४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

National Life

वर्ल्ड ओ मिटर्स डट इन्फोका अनुसार कुल संक्रमित संख्याको चार प्रतिशत मृत्यु भएको छ । साथै ९६ प्रतिशत निको भएका छन् । हाल यो भाइरस १ सय ८६ देश पुगिसकेको छ । यसले विश्वलाई चिन्तित बनाएको छ ।

चीनबाट शुरु भएको कोभिड–१९ द्धसंक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर, उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन । अहिले चीनमा संक्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया