• ७ असोज २०८३, बुधबार
  • १२ः०६ राती

कोरोनाको संक्रमणबाट रियलका पूर्व अध्यक्ष लोरेन्जोको निधन

प्रकाशित मिति

२०७६ चैत्र ९ गते, आईतवार १२:१७

एजेन्सी, कोरोना भाइरसको संक्रमणबाट स्पेनिस ला लिगा क्लब रियल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जो सान्जको निधन भएको छ । विश्वभरी फैलिएको कोरोना भाइरसका कारण लोरेन्जोको ७६ वर्षको उमेरमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यकमले जनाएको छ ।

National Life

भाइरसको संक्रमणपछि लोरेन्जो बिहीबार अस्पतान भर्ना भएका थिए । अस्पताल भर्ना भएपछि जाँचमा उनलाई कोरोनाको संक्रमण देखिएको थियो । उनको अस्पतालमै शनिबार राति निधन भएको हो ।

लोरेन्जो सन् १९९५ देखि २००० सम्म रियल मड्रिडको अध्यक्ष रहेका थिए । उनी अध्यक्ष हुँदा रियलले दुईपटक युरोपियन कप जितेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया