• ६ असोज २०८३, मंगलबार
  • १०ः४१ राती

मोटरसाइकल र ट्रक आपसमा ठोक्किँदा बाबुछोराको मृत्यु

प्रकाशित मिति

२०७६ चैत्र ९ गते, आईतवार १०:२२

काभ्रे – मोटरसाइकल र ट्रक आपसमा ठोक्किँदा काभ्रेमा बाबुछोराको मृत्यु भएको छ ।

National Life

आइतबार बिहान काभ्रेको बनेपा नगरपालिका वडा नम्बर १३ मा बा ५७ प ८२८ नम्बरको मोटरसाइकल र बा ५ ख २३९० नम्बरको ट्रक आपसमा ठोक्किदा बुबाछोराको मृत्यु भएको हो ।

दुर्घटनामा परि मृत्यु हुनेमा उदयपुरको रौतमाई गाउँपालिका वडा नम्बर ४ का ३५ वर्षीय मीनबहादुर श्रेष्ठ र उहाँको पाँच वर्षीय छोरा सुविनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख, प्रहरी निरीक्षक (इन्स्पेक्टर) योगेन्द्र तिमल्सिनाले जानकारी दिएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

दुर्घटनामा घाइते हुनुभएकी मीनबहादुरकी श्रीमती सुनिताको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ । ट्रक चालक रामेछापको खाँडादेवी गाउँपालिका ७ का ३३ वर्षीय लक्ष्मीनारायण श्रेष्ठ र ट्रकधनी ललितपुर हात्तीवनका गङ्गा तिमल्सिनालाई इलाका प्रहरी कार्यालयमा राखिएको छ ।

प्रतिकृया