• ५ असोज २०८३, सोमबार
  • ८ः०४ राती

डोलेश्वर महादेवको गंगा आरती बन्द

प्रकाशित मिति

२०७६ चैत्र ९ गते, आईतवार १०:१३

भक्तपुर, विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि देशव्यापीरुपमा संकतकलिन घोषण गरिएको छ । त्यससंगै नेपालका कतिपय मठमन्दिरहरुमा पुजापाठ पनि बन्द भएको छ । त्यसैगरी भक्तपुरमा रहेको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा प्रत्येक सोमबार साँझ हुँदै आएको विमला गंगा आरती समेत बन्द हुने भएको छ ।

National Life

केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको शनिबार बसेको बैठकले भोलि सोमबारदेखि अर्को निर्णय नभए सम्मका लागि बन्द गर्न लागेको हो ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सरकारले सार्वजनिक स्थानमा २५ भन्दा बढी मानिस जम्मा नहुन गरेको सूचनाकै आधारमा अर्को निर्णय नभए सम्मका लागि बन्द गर्न लागिएको समितिले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया