• ५ असोज २०८३, सोमबार
  • ६ः२२ बेलुका

खरिपाटीलाई पुनः क्वारेन्टाइन बन्यो, ६२ जनालाई राखियो

प्रकाशित मिति

२०७६ चैत्र ९ गते, आईतवार ०९:३४

भक्तपुर, भक्तपुरको खरिपाटीलाई पुनः क्वारेन्टाइन बनाइएको छ। विभिन्न देशबाट आएका चार महिलासहित ६२ जना नेपालीलाई खरिपाटी क्वारेन्टाइनमा शनिबारदेखि राखिएको छ।

National Life

महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी सविन प्रधानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै त्यहाँं ल्याइएको जनाए। कोरोना भाइरस जोखिमलाई मध्यनजर गर्दै सरकारले लगाएको अस्थायी प्रतिबन्धलाई उल्लंघन गर्दै उनीहरु शनिबार नै नेपाल आएको जनाइएको छ। जापान, मलेसियालगायत मुलुकहरुबाट उनीहरु नेपाल आएको जनाइएको छ।

आफूखुसी नेपाल आएका उनीहरुले १४ दिन क्वारेन्टाइनमा बस्ने छन्। उनीहरु आफैले नै त्यसका लागि सबै खर्च व्यहोर्नुपर्ने छ। यसअघि पहिलो पटक त्यहाँं चीनबाट ल्याइएका नेपालीलाई सरकारले नै सबै बन्दोवस्त गरेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

बुधबार सरकारले युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानका नागरिकलाई चैत ७ गतेदेखि वैशाख ३ गतेसम्मका लागि आगमनमा प्रतिबन्ध लगाएको थियो।

प्रतिकृया