• २३ भदौ २०८३, मंगलबार
  • १ः५१ राती

एकैदिन १०३ जना मापसे गर्ने ट्राफिक कारबाहीमा

प्रकाशित मिति

२०७६ चैत्र २ गते, आईतवार ०८:११

काठमाडौं । उपत्यकामा एकैदिन मादप पदार्थ सेवन गरी सवारी साधन चलाउने १ सय ३ जनालाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। उनीहरुलाई शनिबार ट्राफिक प्रहरीले कारबाही गरेको हो।

National Life

ट्राफिक प्रहरीका अनुसार शनिबार काडमाडौं उपत्यकाभित्र मात्र ट्राफिक नियम उलङ्घन गर्ने कूल १ हजार ९ सय ७१ जना सवारी चालकमाथि कारबाही गरिएका छन्।

शनिबार लेन अनुशासन पालना नगर्ने १० जना, जेब्राक्रसिङमा सवारी रोक्ने १२ जना, टिपर चालक १५ जना, फुटपाथमा पार्किङ गर्ने ८४ जना, निषेधित क्षेत्रमा हर्न बजाउने २० जनालाई कारबाही गरिएको थियो

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै, ट्राफिक प्रहरीले शनिबार २० जनालाई सिसिटिभी फुटेज हेरेर कारवाही गरेको थियो। निषेधित क्षेत्रमा पार्किङ गरिएका १९ सवारी साधनमा ह्वील लक गरिएको ट्राफिक प्रहरीले जनाएको छ। ट्राफिक नियम उलङ्घन गर्ने अन्य १ हजार ६ सय ८८ जनालाई पनि शनिबार कारबाही गरिएको थियो।

शनिबार काठमाडौं उपत्यकामा १९ वटा सवारी दुर्घटना भएका थिए, जसमा १५ जना सामान्य घाइते र एक जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया