• २३ भदौ २०८३, मंगलबार
  • १ः५१ राती

यस्तो छ तीन दिनको मौसमको पूर्वानुमान : पहाडी भू-भागमा चट्यांङसहित वर्षाको सम्भावना

प्रकाशित मिति

२०७६ चैत्र २ गते, आईतवार ०६:५६

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायूको प्रभावले मेघ-गर्जन तथा चट्यांङसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

National Life

विभागले आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै आइतबार विहान देशको पश्चिमी भू-भागमा सामान्य बदली रही मध्य र पूर्वी भू-भागमा आंशिक बदली रहेको जनाएको छ ।

विभागले देशका पहाडी भू-भागहरूमा मेघगर्जन, चट्यांङसहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन समेत गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

आगामी तीन दिनको मौसम पूर्वानुमान

चैत्र ०२ गते (आइतबार)

दिउँसोः देशका पश्चिमी भू-भागमा सामान्य बदली रही बाँँकी भू-भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ-गर्जनरचट्यांङसहित वर्षाको सम्भावना रहेको छ।

रातिः देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ।

चैत्र ०३ गते (सोमबार)

दिउँसोः देशका धेरैजसो भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातिः देशका धेरैजसो भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

चैत्र ०४ गते (मंगलबार)

दिउँसोः देशको पूर्वी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातिः देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिकृया