• ७ असोज २०८३, बुधबार
  • १ः४१ राती

भक्तपुरमा शनिवार बिहानै भएको सवारी दुर्घट्नामा एक नाबालकको मृत्यु

प्रकाशित मिति

२०७६ चैत्र १ गते, शनिबार १२:२३

भक्तपुर । भक्तपुरमा शनिवार बिहान भएको सवारी दुर्घट्नामा एक नाबालकको ज्यान गएको छ । ट्रिपरको ठक्करबाट चागुँनारायण ९ स्थित जय ब्रम्हायणी ईट्टाभट्टामा खेल्दै गरेका डेढ बर्षे बालकको मृत्यु भएको छ ।

National Life

आज बिहान उक्त ईट्टाभट्टामा माटो बोक्ने बा ५ ख ७९७१ नं.को मिनी ट्रिपरले सोही ईट्टाभट्टामा काम गर्ने सर्लाही जिरायल घर भएका बर्ष १९ का ईश्वर मोक्तानको छोरा ढेड बर्षे बालक शिशिर मोक्तानलाई ठक्कर दिई गम्भीर घाईते बनाएको थियो ।

घाईते बालकलाई उपचारका लागि मध्यपुर अस्पताल ठिमी पुर्याउने क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सवारी साधन र सवारी चालक भक्तपुर नगरपालिका ९ च्यामासिंह बस्ने बर्ष ४० को श्याम फैजुलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त जगातीमा राखी थप अनुसन्धान कार्य भईरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।

प्रतिकृया