• २० भदौ २०८३, शनिबार
  • १ः३४ राती

कोरोना संक्रमणबाट भारतमा पहिलो व्यक्तिको मृत्यु

प्रकाशित मिति

२०७६ फाल्गुन ३० गते, शुक्रबार ०८:०१

काठमाडौं । विश्वभर तीव्र रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट भारतमा पहिलो व्यक्तिको मृत्यु भएको छ।

National Life

कर्नाटक राज्यको कालाबुरागीका कोरोना संक्रमित ७६ वर्षीय वृद्धको मंगलबार राती हैदराबादको एक अस्पतालमा मृत्यु भएको द इकोनोमिक टाइम्सले जनाएको छ। कर्नाटकका स्वास्थ्य मन्त्री बी श्रीरामुलुले कोरोनाबाट संक्रमित वृद्धको मृत्यु भएको जानकारी दिएका छन्। उनका अनुसार ती व्यक्ति साउदी अरबको भ्रमणबाट मार्च पहिलो हप्ता भारत फर्किएका थिए।

फर्किँदा ज्वरो र रुघाखोकीले थलिएका उनी चिकित्सक र परिवारको सल्लाहमा हैदराबादस्थित अस्पताल भर्ना भएका थिए। कर्नाटकमा मात्रै ५ जनामा कोरोना संक्रमण देखिएको छ।

Classic Tech Desktop

भारतभर ७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

प्रतिकृया