• ७ असोज २०८३, बुधबार
  • ८ः५२ बिहान

दलित भन्दै डेरा छाड्न दबाब दिने एक दम्पती पक्राउ

प्रकाशित मिति

२०७६ फाल्गुन २८ गते, बुधबार ०५:१७

काठमाडौं, दलित भएको थाहा पाएपछि डेरा छाड्‍न निरन्तर दबाब दिने एक दम्पति पक्राउ परेका छन् । पक्राउ पर्नेमा श्रीकृष्ण बिडारी र उनकी श्रीमती राधिका रहेका छन् । कैलाली र दैलेख स्थायी घर भई काठमाडौंमा विभिन्न क्याम्पसमा अध्ययनरत चार जना विद्यार्थीहरुले आफूहरुलाई दलित भन्दै घरबेटी दम्पत्ति बिडारीले अपमान गरेको भनेर उजुरी दिएका थिए ।

National Life

महानगरीय प्रहरी वृत्त बालाजुले बिडारी दम्पत्तिलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई छुवाछुतविरुद्धको कसुरमा अनुसन्धान गरिने भएको छ । काठमाडौंको नेपालटारमा घर भएका बिडारी दम्पतीले आफ्नो घरमा बस्ने चार जना विद्यार्थीलाई बिडारी डेरा छाड्‍न दबाब दिएका थिए। गृह मन्त्रालयका शाखा अधिकृत रहेका श्रीकृष्ण बिडारी अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत छन्।

काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर–१० मा रहेको श्रीकृष्ण बिडारीको (सरकारी कर्मचारी) को घरमा डेरा गरी आफूहरु बसिरहेको उनीहरुले जानकारी दिए । उनीहरुले दिएको जानकारीअनुसार उक्त घरमा उनीहरु गत मंसिर १३ गतेदेखि बसेका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया