• १ असोज २०८३, बिहीबार
  • ११ः१६ बिहान

युएईमा दुई जना नेपालीलाई कोरोना भाइरसको संक्रमण (विज्ञप्ति सहित)

प्रकाशित मिति

२०७६ फाल्गुन २७ गते, मंगलवार ०६:२५

काठमाडौं । संयुक्त अरव इमिरेट्स (युएई)मा दुई जना नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

National Life

सोमबार त्यहाँको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टमा दुई जना नेपालीलाई पनि कोरोना भाइरसको संक्रमण भएको जनाइएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत् सूचना जारी गर्दै त्यहाँको स्वास्थ्य मन्त्रालयले दुई नेपालीमा कोरोना भाइरसको संक्रमण देखा परेको पुष्टि गरेको हो ।

सूचनामा कोरोनाका थप १४ जना नयाँ संक्रमित फेला परेको उल्लेख छ । यससँगै यूएईमा कोरोना संक्रमित संख्या ५९ पुगेको छ । नयाँ संक्रमितमध्ये दुई नेपालीसहित ४ इमिरेटी, तीन इटालियन, दुई बंगलादेशी, एक रुसी, एक भारतीय र एक सिरियाली नागरिक छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

सघन एवं सक्रिय अनुसन्धानपछि नयाँ संक्रमितहरु फेला परेको स्वास्थ्य मन्त्रालयको सूचनामा जनाइएको छ । चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको छ । हाल विश्वका १ सय ९ भन्दा बढी मुलुकहरुमा फैलिसकेको छ भने ३ हजार ८ सय ८४ जनाको कोरोनाका कारण मृत्यु भैसकेको छ ।

विश्वभर १ लाख ११ हजार ६ सय ४२ जना सो भाइरसबाट संक्रमित भएका छन् ।

यूएइको स्वास्थ मन्त्रालयले जारी गरेको विज्ञप्ति :

प्रतिकृया