• २६ भदौ २०८३, शुक्रबार
  • ६ः०२ बेलुका

इटालीमा कोरोनाको कहर : एकै दिन एक सय १३ को मृत्यु, सङ्क्रमितहरूको सङ्ख्या २५ प्रतिशतले बढ्यो

प्रकाशित मिति

२०७६ फाल्गुन २६ गते, सोमबार ०८:१२

एजेन्सी । इटलीमा कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १३३ थपिएर ३६६ पुगेको अधिकारीहरूले जनाएका छन्।सङ्क्रमितहरूको सङ्ख्या २५ प्रतिशत बढेर ५८८३ बाट ७३७५ पुगेको छ।

National Life

प्रकोप नियन्त्रणका लागि आइतवार दशौँ लाख मानिसहरूको निम्ति नयाँ प्रतिबन्धहरू लगाइएपछि पनि उक्त सङ्ख्या थपिएको छ।लोम्बर्डी र १४ वटा प्रान्तका एक करोड ६० लाख मानिसलाई नयाँ क्वारन्टीनअन्तर्गत यात्राको निम्ति विशेष अनुमति लिनुपर्ने बनाइएको छ।

प्रधानमन्त्री जुजेप्पे कोन्टेले देशभरिका विद्यालय, व्यायामशाला, सङ्ग्राहलय, रात्रि क्लब र अन्य स्थल बन्द गर्ने घोषणा पनि गरेका छन्। ती निर्णय एप्रिल ३ सम्म लागु हुनेछन्।पछिल्लो तथ्याङ्कसँगै गत डिसेम्बर महिनामा प्रकोप देखा परेको देश चीनबाहिर सबैभन्दा धेरै सङ्क्रमित फेला परेको देश इटली बनेको छ।
बीबीसीका अनुसार इटलीले सात हजार तीन सय१३ जना सङ्क्रमित देखिएको दक्षिण कोरियालाई उछिनेको हो।इटलीमा पछिल्लो पटक सङ्क्रमण पुष्टि भएकाहरूमा सेना प्रमुख पनि छन्। सल्वाटोरे फरिनाले आफू एकान्तमा बसिरहेको र स्वस्थ महसुस गरिरहेको बताए।

Classic Tech Mobile
Classic Tech Desktop

नयाँ क्वारन्टीनका कडा नियमले इटलीको एक चौथाइ जनसङ्ख्या र देशको अर्थतन्त्रमा ठूलो योगदान दिने उत्तरी भागको केन्द्र पनि प्रभावित बनेका छन्।नयाँ नीतिअनुसार मनिसहरूले मिलान मुख्य सहर रहेको लोम्बर्डी जान र छाड्न पाउँदैनन्।१४ वटा राज्यमा केही प्रतिबन्धहरू लगाइएका छन्।

मिलानका दुईवटा विमानस्थलमा जहाज अवतरण जारी थियो। तर केही उडान तालिका रद्द गरिएका छन्।इटलीको सरकारी ध्वजावाहक एलइटालियाले मल्पेन्सा विमानस्थलबाट हुने सबै उडान सोमवारबाट रद्द गरिने र लिनाटे विमानस्थलमा आन्तरिक उडान मात्र हुने जनाएको छ।

रोममा उत्रिने र त्यहाँबाट उड्ने अन्तर्रा्ष्ट्रिय उडान जारी रहने उसको भनाइ छ।विश्व स्वास्थ्य सङ्गठनले प्रतिबन्धहरू लगाएर असल योगदान गरेको भन्दै इटलीको प्रशंसा गरेको छ।आइतवारसम्म उत्तरी इटलीमा क्वारन्टीन नीतिले ५० हजार मानिसमात्र प्रभावित थिए।गत साता सरकारले १० दिनका निम्ति सबै स्कुल र विश्वविद्यालय बन्द गर्ने घोषणा गरेको थियो।

प्रतिकृया