• १९ भदौ २०८३, शुक्रबार
  • ४ः२७ बिहान

कोरोना भाइरसबाट आतंकित होइन सचेत हौंः सांसद बस्नेत

प्रकाशित मिति

२०७६ फाल्गुन २३ गते, शुक्रबार ०४:३५

काठमाण्डौ । नेकपाका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सदस्य महेश बस्नेतले कोरोना भाइरसबाट सचेत हुनुपर्ने तर आतंकित नहुनुपर्ने बताउनु भएको छ ।

प्रतिनिधि सभामा पेश गरिएको जरुरी सार्वजनिक महत्वको बिषयमा बोल्दै सांसद बस्नेतले कोरोना भाइरसको सन्त्रास जसरी विश्वभरि फैलिएको छ, यसबाट सचेत हुनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘चीन आफैले पनि मार्चको अन्तिमसम्म कोरोना भाइरसलाई नियन्त्रण गर्ने अठोट लिइसकेको छ । नेपालमा अहिलेसम्म यसको पुष्टी नभएको अवस्थामा यसलाई रोकथामका उपायहरु अबलम्बन गर्नु जरुरी भएको बताउनुभयो।’

Kamana Sewa

सरकार कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन गम्भीर भएको बस्नेतलाई लागेको छ । फागुन १९ गते आफ्नो उपचार गर्न अस्पताल भर्ना हुनुपूर्व प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक राखेर विशेष समिति निर्माण गर्नु आफैमा सकारात्मक भएको बताउनुभयो।

Classic Tech Desktop

केही समययता कोरोना भाइरस फैलिन सक्ने भन्ने आतंकित मानसिकताका कारण बजारमा कृत्रिम अभाव सिर्जना गर्न खोजिएको छ । त्यसलाई रोकथाम र नियन्त्रण गर्न आपूर्ति मन्त्रालयले ११३७ नम्बरको सम्पर्क नम्बर सार्वजनिक गरेको बताउँदै बस्नेतले यस्ता गतिविधिलाई निरुत्साहित गर्न समेत सरकारले गम्भीरतापूर्वक लागेको बताउनुभयो ।

उनले अहिले कोरोना भाइरसको संक्रमण भएका विश्वका पाँचवटा देशबाट नेपालमा भिसा नदिने निर्णय गर्नु, भ्रमण बर्ष २०२०, सगरमाथा सम्मेलनलाई स्थगन गर्नु, प्रत्येक अस्पतालमा आइसोलेसन वार्डको व्यवस्था गर्नु सरकारको सकारात्मक कदम भएको बस्नेतले बताउनुभयो ।

‘अहिले जनमानसलाई आतंकित पार्ने गरी कोरोना भाइरसका बारेमा जसरी सूचना प्रवाह भइरहेको छ । त्यसबाट जोगिनको निम्ति पनि सरकारले गम्भीरतापूर्वक भूमिका निर्वाह गरिरहेको छ,’ सांसद बस्नेतले भने, ‘अहिले कुनैपनि जरुरी कार्यक्रम बाहेकका सार्वजनिक सभा, समारोहलाई नगर्ने निर्णय भएको छ । यो सरकारले गम्भीर भएर नै आव्हान गरेको हो ।’

‘भारतमा कोरोनाको संक्रमण देखापरेपछि विभिन्न २६ वटा औषधिलाई नेपाल निर्यातमा नियन्त्रण गरेको प्रष्ट पार्नु भयो । नेपालमा सन्त्रास फैलिएकोले यसलाई कुटनीतिक रुपमा समाधान गर्नु जरुरी भएको सांसद बस्नेतले बताउनुभयो ।

प्रतिकृया