• २५ भदौ २०८३, बिहीबार
  • ६ः२१ बेलुका

भ्रमण वर्ष सम्बन्धी देशबाहिरका सबै कार्यक्रम स्थगित, अब आन्तरिक पर्यटनलाई नै प्रवर्द्धन गर्नुपर्ने :पर्यटन मन्त्री भट्टराई

प्रकाशित मिति

२०७६ फाल्गुन १७ गते, शनिबार ११:५०

काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भ्रमण वर्ष–२०२० का सम्बन्धमा देशबाहिर भइरहेका सबै कार्यक्रम स्थगित गरिएको बताउनु भएको छ ।

National Life

शनिबार आयोजित एक कार्यक्रममा मन्त्री भट्टराईले कोरोना भाइरस संक्रमणका कारण विदेशमा भ्रमण वर्षको प्रचार–प्रसारसहित अन्य औपचारिक कार्यक्रमहरू स्थगन गरिएको बताउनु भएको हो ।

उहाँले भ्रमण वर्ष –२०२० लाई आन्तरिक भ्रमण वर्षमा रुपान्तरण गर्ने कि भनेर सोचिरहेको समेत जनाकारी गराउनुभयो । जसका लागि योजना बनाउने कार्य भैइरहेको समेत बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

कोरोनाको महामारी विश्वभर फैलिरहँदा अब आन्तरिक पर्यटनलाई नै प्रवर्द्धन गर्नुपर्ने भट्टराईको धारणा थियो। उहाँले चाँडै नै आन्तरिक पर्यटन प्रवर्द्धनका नयाँ प्याकेज मन्त्रालयले सार्वजनिक गर्ने पनि बताउनुभयो ।

प्रतिकृया