• २० असार २०८३, शनिबार
  • ६:४७ बेलुका

आइजिपीसहित ४ प्रहरी अधिकारीलाई अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश

प्रकाशित मिति

२०७६ फाल्गुन १७ गते, शनिबार ०८:२०

काठमाडौं, सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकसहित ४ प्रहरी अधिकारीविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाउन निर्देशनात्मक आदेश जारी गरेको छ। साथै सर्वोच्चले आदेश जारी भएको ७ दिनभित्र लिखित जवाफ लिई आँफै अदालत उपस्थित हुन पनि भनेको छ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डम्बरबहादुर शाहीको संयुक्त इजलाशले प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीसहित काठमाडौं परिसर प्रमुख एसएसपी उत्तम सुवेदी, सिंहदरवार वृत्तका प्रमुख डिएसपी कौशलकुमार बुढाथोकी र प्रहरी वृत्त सोह्रखुट्टेका प्रमुख डिएसपी सन्तोषसिंह राठौरविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाउन आदेश दिएको हो।

Kamana Sewa

विप्लव नेतृत्वको नेकपामा लागेको भन्दै प्रहरीले पटकपटक पक्राउ गरी मुद्दा चलाएका भीमप्रसाद अधिकारी, हरिचन्द्र खड्का र विष्णुप्रसाद अधिकारीलाई गैरकानुनी थुनामा नराख्न सर्वोच्चले आदेश दिएको थियो। पछिल्लोपटक २०७६ फागुन ५ गते सर्वोच्च अदालतले उनीहरुलाई थुनामुक्त गर्न आदेश दिएको थियो।

Classic Tech Desktop

उनीहरुको तर्फबाट भीमप्रसाद शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। अदालतले थुनामुक्त गर्न आदेश दिएपछि रिहा भएका उनीहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरवारका प्रहरीले सर्वोच्चको गेटबाटै पक्राउ गरेका थिए। पक्राउपछि अदालतमा फेरि बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो।

प्रतिकृया