• २४ भदौ २०८३, बुधबार
  • १०ः४३ बिहान

अर्किडलाई नवौँ फिजम लोक नृत्य प्रतियोगिताको उपाधी

प्रकाशित मिति

२०७६ फाल्गुन ९ गते, शुक्रबार ०६:४२

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ९ गोठाटारमा रहेको अर्किड प्युपल सेकेण्डरी स्कूलले लगातार तेश्रो पटक फिजम स्तरिय अन्तरविद्यालय लोक नृत्य प्रतियोगिताको उपाधि जितेको छ ।

National Life

बुधबार भएको नवौँ फिजम अन्तरविद्यालय लोक नृत्य प्रतियोगितामा २६ विद्यालयलाई पछि पार्दै लगातार तेश्रो पटकको उपाधी जितेको हो ।

kumari

Classic Tech Mobile
Classic Tech Desktop

उपाधीसंगै अर्किडले ट्रफी, मेडल र प्रमाण–पत्रबाट पुरस्कृत भएको छ । यस्तै उत्कृष्ट १० विद्यालयलाई समेत ट्रफी, मेडल र प्रमाण–पत्रद्धारा पुरस्कृत गरिएको आयोजक संस्थाले जनाएको छ ।

भक्तपुरको बोडेमा रहेको कृषि विकास बैँकको तालिम हलमा भएको उक्त प्रतियोगितालाई आयोजक संस्था फिजमका अध्यक्ष आरबी कटुवालले सभापतित्वको भुमिका निर्वाह गरेका थिए ।

प्रतियोगितामा फिजममा आवद्ध २७ विद्यालयको सहभागिता रहेको थियो ।

प्रतिकृया