• ६ असोज २०८३, मंगलबार
  • १०ः२० बिहान

बैंक अफ काठमाण्डूको २५ औँ वर्ष पुरा, आइसीयु कक्ष निर्माणका लागि एक करोड सहयोग

प्रकाशित मिति

२०७६ फाल्गुन ८ गते, बिहीबार ०१:३२

काठमाडौं, बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५ औँ वर्ष पूरा गरेको छ । २५ औं वर्ष पुरा गरेको कार्यक्रमका प्रमुख अतिथि गर्भनर चिरञ्जीवी नेपालले बैंकको २५ औं वार्षिकोत्सवको लोगो सार्वजनिक गरी बैंकलाई २५ औं वर्ष सम्म नेपालको बैंकिङ्ग क्षेत्रमा पु¥याएको योगदानको लागि धन्यवाद सहित आगामी दिनमा बैंकको उत्तरोत्तर प्रगतिका लागि शुभकामना ब्यक्त गर्नुभयोे ।

National Life

बैंकले रजत उत्सवको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत काठमान्डू इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आइसीयु कक्ष निर्माण गर्न एक करोड सहयोग गर्ने घोषणा गरेको थियो। कार्यक्रममा गर्भनर नेपालले एक करोडको चेक संस्थाका संस्थापक एवं अध्यक्ष प्रोफेसर डा. भगवान कोइरालाज्यूलाई हस्तान्तरण गर्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

साथै, सोसाइटी अफ इकोनोमिक जोर्नलिस्ट (सेजोन) नेपाललाई आर्थिक पत्रकारीताको क्षेत्रमा महिला पत्रकारहरुको समावेशिता बढाउन र उनीहरुको क्षमता अभिवृद्घि गर्न चाहिने तालीम प्रदान गर्न पाँच लाख सहयोग गर्ने घोषणा गरी सेजोन, नेपालका सभापति भिम प्रसाद गौतमज्यूलाई चेक हस्तान्तरण गरीएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि गर्भनर नेपालद्वारा पानसमा दिप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गरीएको थियो । बैंकका सञ्चालक समितिका अध्यक्षी प्रकाश श्रेष्ठले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संचालक समिति, ब्यवस्थापन समिति र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

बैंक अफ काठमाण्डू लिमिटेडको हाल १० एक्टेन्सन काउन्टर सहित देशभर ८७ शाखा र ७८ एटीएम रहेका छन् । आर्थिक वर्ष २०७६/७७ को दोश्रो त्रैमासिकको अन्त्यको वित्तीय विवरण अनुसार यस बैंकले गत आर्थिका वर्षको दोश्रो त्रैमासको तुलनामा खुदमुनाफामा २०% ले वृद्धि गरी रु ८८ करोड ३८ लाख कमाउन सफल भएको छ । साथै यस अवधिमा बैंकको निक्षेप र कर्जामा अघिल्लो वर्षको तुलनामा क्रमशः ७.८४ प्रतिशत र ९.१४ प्रतिशतले वृद्धि भई क्रमशः रु.९०.११ अर्ब तथा रु.८२.४९ अर्ब पु¥याउन सफल भएको छ ।

प्रतिकृया