• ८ असोज २०८३, बिहीबार
  • ९ः५६ राती

जर्मनीमा गोलीबारी, कम्तीमा ८ को मृत्यु

प्रकाशित मिति

२०७६ फाल्गुन ८ गते, बिहीबार ०७:००

एजेन्सी । जर्मनीको हनाऊ शहरमा दुई स्थानमा गोलीबारी हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । यसमा कम्तीमा पाँचजना घाइते भएको बताइन्छ । घटनाको जानकारी जर्मनीको स्थानीय मिडिया रिपोर्टबाट प्राप्त गरिएको हो ।

National Life

रिपोर्टका अनुसार कुनै अज्ञात हमलाकर्ताले शहरको शिशा बारमा गोली चलाए । हनाऊ नजिकै केसेल्ताद इलाकाको अर्को शिशामा पनि गोलीबारीको जानकारी आएको छ । पुलिसले बीबीसीलाई दिएको जानकारी अनुसार बन्दुकधारीले स्थानीय समयानुसार राती १० बजे गोली चलाए । पुलिस अधिकारी र हेलिकोप्टरको मद्दतले दुई इलाकाको सुरक्षा गरिँदै छ ।

स्थानीय जर्मन सञ्चारमाध्यम हेसेनशाउका अनुसार पहिलो गोलीबारीको तीनजना मारिएको र दोस्रो गोलीबारीमा पाँचजनाको ज्यान गएको हो । जर्मन पत्रिका बिल्डका अनुसार अधिकारीले संदिग्ध हमलाकर्ताले गोलीबारी गरेर फरार रहेको जानकारी दियो ।

Classic Tech Mobile
Classic Tech Desktop

हमलाकर्ताको उद्देश्य के थियो, त्यो अहिलेसम्म पनि पुष्टि हुन सकेको छैन । हनाऊ जर्मनीको हेसेन राज्यको एउटा शहर हो जुन फ्रेंकफर्टबाट पूर्वमा करिब २५ किलोमिटर टाढा पर्छ ।

प्रतिकृया