अस्ट्रेलिया : कारमा आगलागी, चारजनाको मृत्यु
प्रकाशित मिति
२०७६ फाल्गुन ७ गते, बुधबार ०८:३८
अस्ट्रेलियाको क्याम्प हिलमा कारमा आगलागी हुँदा चारजनाको मृत्यु भएको छ । मृत्यु हुने मध्ये तीनजना १० वर्षमुनिका बालबालिका रहेको क्वीन्सल्याण्ड प्रहरीले जनाएको छ । मृत्यु हुनेमा अर्का एकजना वयश्क पुरुष रहेका छन् ।
कारमा रहेकी महिलाको शरीरको अधिकांश भाग जलेको छ। कारमा रहेका पाँचैजनाले एकअर्कासँग परिचित व्यक्ति रहेको प्रहरीले उल्लेख गरेको छ । कारमा कसरी आगलागी भयो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको क्याम्प हिल प्रहरीले जनाएको छ ।
प्रहरी पुग्दा कारमा भीषण आगो लागेको थियो । स्थानीय समय अनुसार बुधबार बिहान साढे ८ बजे आगलागी बारे प्रहरीले पहिलो फोन प्राप्त गरेको थियो ।
प्रत्यक्षदर्शीले द अस्ट्रेलियन न्युजपेपरसँग भनेका छन् , ‘जलिरहेको कारबाट बाहिरिएकी महिलाले उसले ममाथि पेट्रोल खन्यायो भन्दै चिच्याएकी थिइन् ।’ प्रहरीले घटनामा मृत्यु हुने वा घाइते भएकाको पहिचान खुलाएको छैन ।
Related
Recent News
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया