• ३१ भदौ २०८३, बुधबार
  • ९ः१२ राती

पूर्वसभामुख महराको मुद्दामा बहस सकियो, फैसला केहीबेरमा

प्रकाशित मिति

२०७६ फाल्गुन ४ गते, आईतवार ०४:२०

काठमाडौं, जबर्जस्ती करणी अभियोगमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासमा महराको पक्षमा र विपक्षमा कानुन व्यवसायीले बहस गरेका हुन् ।

National Life

दुवै पक्षको बहसपछि अब केहीबेरमा उनको मुद्दामा फैसला सुनाइने अदालत स्रोतले जनाएको छ । महराविरुद्ध सरकारी वकिलले बहस गरेका थिए भने उनको पक्षमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, भीमार्जुन आचार्य, शेरबहादुर केसी, कृष्ण सापकोटा, सविता भण्डारी, लव मैनाली, मुरारी सापकोटालगायतले बहस गरेका थिए ।

प्रतिकृया