• २२ भदौ २०८३, सोमबार
  • ११ः०७ राती

भक्तपुर अस्पताललाई आइसीयुयुक्त बनाइने: मन्त्री दुलाल

प्रकाशित मिति

२०७६ फाल्गुन ३ गते, शनिबार ११:२९

भक्तपुर, बागमती प्रदेश सरकारका सामाजिक विकाश मन्त्री युवराज दुलाल ‘शरद’ले भक्तपुर अस्पताललाई आइसीयुयुक्त बनाउने प्रतिवद्धता प्रकट गरेका छन् । प्रदेश सरकार मातहत रहेको भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित रहेको अस्पतालको पटक–पटक अनुगमन गर्दै आएका मन्त्री दुलालले शुक्रवार आकस्मिक अनुगमन गर्दै उक्त प्रतिवद्धता प्रकट गरेका हुन् ।

National Life

मेडिकल सुपरिटेन्टडेन्ट सुमित्रा गौतमले अस्पतालमा आइसीयु संचालन गर्न अस्पतालको तर्फबाट राखेको प्रस्ताव स्वीकार गर्दै मन्त्री दुलालले आवस्यक तयारी गर्न निर्देशन समेत दिए । शताब्दी पुरानो अस्पतालमा हालसम्म आइसीयु नहुनु दुखद भएको भन्दै मन्त्री दुलालले अस्पताल विकाश र सेवा विस्तारको लागि प्रदेश सरकारको ढोका सधै खुला रहेको बताएका थिए ।

उक्त अवसरमा मन्त्री दुलालले अस्पतालको विभिन्न कक्षको अनुगमन गर्नुका साथै संचालनको अवस्था बारे जानकारी लिंएका थिए भने पदाधिकारी तथा कर्मचारीलाई आवश्यक निर्देशन समेत दिएका थिए । भक्तपुर जिल्लामै मेडिकल आइसीयु नहुँदा भक्तपुरका बिरामी धेरै पैसा तिरेर निजी अस्पतालमा उपचार गराउन बाध्य बन्दै आएका छन् भने कतिपय आपतकालीन बिरामीहरु समेत यसबाट पिडित बनेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

भक्तपुर अस्पतालको अवस्थाबारे मन्त्री दुलाललाई जानकारी दिंदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रदेश अस्पताल भएपनि यसलाई नगरपालिकाको आवस्यक सहयोग रहने बताएका थिए त्यसैगरी भक्तपुर अस्पताल विकाश समितिका अध्यक्ष मिलन सुवालले भक्तपुर अस्पताललाई जनताको पहिलो रोजाइ बनाउन आफूहरु लागिपरेको बताएका थिए

उक्त अवसरमा वडा नबर १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, अस्पतालकी मेट्रोन सावित्रा पौडेल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया