• २२ भदौ २०८३, सोमबार
  • ५ः५१ बेलुका

राजपाको विवाद पछि समानान्तर समितिहरु बन्ने घोषणा

प्रकाशित मिति

२०७६ फाल्गुन २ गते, शुक्रबार ०५:०२

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) ६ वटा पार्टीहरु मिलेर बनेको नेपालका नेताहरुबीच सत्तामा जाने बहस चलिरहँदा विभिन्न जिल्लाहरुमा भने विवाद भइरहेको छ । २०७४ बैशाख ७ गते पार्टी एकता भएपछि महाधिवेशन गर्ने तिथि पटक–पटक सार्दै आएका राजपाका नेताहरुबीच गत कात्तिक ८ गते जिल्ला तहमा तदर्थ समिति बनाउने निर्णय भएको थियो । कात्तिक ८ गते बसेको अध्यक्ष मण्डलको बैठकले जिल्ला तहसम्म तदर्थ समिति बनाउने निर्णय गर्दै तदर्थ समिति गठन निर्देशिका २०७६ पारित गरेको थियो ।

National Life

एकतर्फ संघीय सरकारमा सहभागी हुने विषयले अध्यक्ष मण्डलका सदस्यहरुबीच विवाद बढिरहदा आगामी महाधिवेशनपछि अध्यक्षको विषय पेचिलो बन्दै जादा पटक–पटक महाधिवेशनको तिथि स्थगित हुँदै आएको छ । आगामी महाधिवेशनपछि एकल नेतृत्वमा जाने निर्णय गरिसकेको राजपाले आगामी महाधिवेशनमा नेतृत्व हत्याउने विषयमा नेताहरुबीच दाउपेच शुरु भएको कारणले महाधिवेशन हुन सकिरहेको छैन । यस्तो पृष्ठभूमिमा वडा, पालिका, क्षेत्र र जिल्लामा तदर्थ समिति गठन प्रकृया अगाडी बढिरहेको छ ।

विभिन्न जिल्लामा विवाद सिर्जना भएको अबस्थामा अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवले कार्यकर्ताहरुलाई एकजुट भएर अगाडी बनाउनुपर्ने आवश्यकता बोध गर्दै जिल्ला तहमा नेतृत्व निर्माण गर्नुपर्ने बताउनु भयो।

Classic Tech Desktop

तराई मधेस लोकतान्त्रिक पार्टी गत २०७४ वैशाख ७ गते महन्थ ठाकुरको नेतृत्वमा राजेन्द्र महत्तोको सद्भावना पार्टी, अनिल झाको नेपाल सद्भावना पार्टी, राजकिशोर यादवको मधेसी जनअधिकार फोरम (गणतान्त्रिक), महेन्द्रराय यादव नेतृत्वको तराईरमधेस सद्भावना पार्टी र सरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टीबीच एकीकरण भएर राजपा एकिकरण भएको थियो। उक्त पूर्वका ६ पार्टीका अध्यक्ष सम्मिलित अध्यक्ष मण्डलले राजपा चलाइरहेको छ । गत वैशाख ८ देखि ११ गतेसम्म आउदो महाधिवेशनबाट पार्टीले बसेको पदाधिकारी समितिले एकल नेतृत्वमा जाने निर्णय भएको छ।

केन्द्रको निर्देशन अनुसार पार्टीको प्रभाव रहेका ५३ जिल्लामा संगठन निर्माणमा राजपा जुटिरहेको छ । एउटै पार्टी भएपनि स्वयम् अध्यक्ष मण्डलका सदस्यहरु पूर्व पार्टी र आफूनिकट ब्यक्तिहरुलाई नेतृत्वमा ल्याएर आफ्नो पकड जमाउन चाहाने कारणले विवाद बढ्दै जाँदा विभिन्न जिल्लाहरुमा समानान्तर समिति बनेको हो । समानान्तर समितिहरु बन्ने र विवाद बढ्ने भएपछि राजपाको पकड रहेको मधेसका जिल्लाहरुमा अधिवेशन हुन सकिरहेको छैन ।

राजपा केन्द्रीय कार्यालयका अनुसार झापा, मोरङ, धनकुटा, ताप्लेजुङ, पाँचथर, संखुवासभा, उदयपुर, कपिलवस्तु, स्याङ्जा, प्युठान, अर्घाखाँची, सल्यान, जुम्ला, सुर्खेत, दैलेख, कालिकोट, दाङ, ललितपुर, नुवाकोट सिन्धुपाल्चोक र काभ्रेमा एकल नेतृत्वमा तदर्थ समिति बनिसकेको अबस्था रहेको छ ।

विवादपछि रौतहटमा ३ वटा समानान्तर समिति घोषणा भएका छन् । त्यहाँ राजपाका रामप्रवेश दास, शेख जम्सेद र लिला साहले छुट्टाछुट्टै समिति बनाएको जानकारी दिएका छन् । उनीहरुमध्ये अध्यक्षमा रामप्रवेश दास, मण्डलका सदस्यमा सरतसिंह भण्डारी, शेख जम्सेद, राजेन्द्र महत्तो र लिला साह, अनिल झा समूहका रहेका छन् ।

प्रतिकृया